काठमाडौँ- मुग्लिङ–नारायणगढ सडकखण्डकोमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले हिमाल प्रेसलाई जानकारी दिए।
प्रकाशित: ९ भदौ २०८१ ८:००
प्रतिक्रिया