काठमाडौँ- धनगढीस्थित शेरबहादुर देउवाको निवास छेउमा शंकास्पद बस्तु राखिएको फेला परेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरको मुलगेट अगाडि कालो झोला शंकास्पद बस्तु राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
गेटबाहिर कालो झोलाको मुख अलिकति खोलिएको अवस्थामा राखिएको छ। अहिले उक्त कालोझोला डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली देउवा निवासमा पुगेको छ।
प्रकाशित: ९ भदौ २०८१ ७:४७ | Sunday, August 25, 2024
प्रतिक्रिया




