पहिरोमा पुरिएर उत्तराखण्डमा चार नेपालीको मृत्यु

हिमाल प्रेस ७ भदौ २०८१ १५:३३ | Friday, August 23, 2024
पहिरोमा पुरिएर उत्तराखण्डमा चार नेपालीको मृत्यु

काठमाडौँ- भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ। भारी वर्षापछि रुद्रप्रयागको फाटा भन्ने ठाउँमा पहिरोमा पुरिएर उनीहरूको ज्यान गएको हो।

पहिरोमा पुरिएर हर्क बहादुर, पुर्ण नेपाली, कृष्ण परियार र दीपक बोहोरा रहेको जिल्ला विपद व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारले जनाएका छन्। मृतक चारै जना मजदुर रहेको बताइएको छ।

उनका अनुसार गएराति करिब साढे एक बजे फाटा हेलिप्याड नजिक यो दुर्घटना भएको हो।

उद्धार टोली पठाइए पनि भारी वर्षाका कारण घटनास्थलसम्म पुग्न नसकको उनले बताएका छन्। एसडीआरएफको टोलीले शुक्रबार चारवटै शवलाई बाहिर निकालेको उनले जानकारी दिएका छन्।

प्रकाशित: ७ भदौ २०८१ १५:३३ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast