राजसंस्थालाई अभिभावकका रूपमा राखौँ : कमल थापा

हिमाल प्रेस ६ भदौ २०८१ १९:१६ | Thursday, August 22, 2024
राजसंस्थालाई अभिभावकका रूपमा राखौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अभिभावकको रुपमा सहमतिमै राजसंस्था राख्न आग्रह गरेका छन्।

राप्रपा नेपाल काठमाडौँ-८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाका लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन्।

धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा उनले जोड दिए।

अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई संस्थागत गरेको समेत आरोप लगाए।

प्रकाशित: ६ भदौ २०८१ १९:१६ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast