स्वदेशमै मल उद्योग खोल्न सरकार प्रयासरत छ : प्रधानमन्त्री ‌ओली

हिमाल प्रेस ६ भदौ २०८१ १६:४१ | Thursday, August 22, 2024
स्वदेशमै मल उद्योग खोल्न सरकार प्रयासरत छ : प्रधानमन्त्री ‌ओली प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल आयात गरेर अनुदानमा उपलब्ध गराउँदै आएको बताएका छन्। साथै उनले सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत रहेको जानकारी दिए।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद नैनकला थापाले मलबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हाल वार्षिक रूपमा कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउँदै आएको बताएका हुन्।

‘नेपालमा मल कारखाना खोल्न विगतदेखि नै अध्ययनहरू हुँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अहिले पनि लगानी बोर्डले दुई वटा अध्ययन गरिरहेको छ। सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ। म आश्वास्त पार्न चाहन्छु छिटै यो काम सफल हुनेछ। ‘

प्रकाशित: ६ भदौ २०८१ १६:४१ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast