चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु

हिमाल प्रेस ३ भदौ २०८१ २१:४२
14
SHARES
चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- चितवन माडीमा खोलाले बगाएर आज (सोमबार) एक जनाको मृत्यु भएको छ। माडी नगरपालिका-९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो। उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो।

यस्तै माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ। दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो। बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाइँ खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। उनको सकुशल उद्धार गरिएको छ। रासस

प्रकाशित: ३ भदौ २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast