भक्तपुरमा सुरु भयो गाईजात्रा

हिमाल प्रेस ३ भदौ २०८१ १९:४२ | Monday, August 19, 2024
भक्तपुरमा सुरु भयो गाईजात्रा

काठमाडौँ- भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ। जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी घिन्ताङ्घघिसी नाच निकालेसँगै भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको हो। आठ दिनसम्म मनाइने गाईजात्राको भक्तपुरमा छुट्टै रौनक र आकर्षण छ। गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ।

गाईलाई विधिवत् रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्था्त डोकोलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्ने गरिन्छ। उमेर पुगेका व्यक्तिहरूको ताहामचा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाई नगर परिक्रमा गर्ने प्रचलन छ।

ताहामचालाई मृतकका घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराई नगर परिक्रमा गर्ने गरिन्छ। ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ बाँदर नाच गाईजात्राको प्रमुख आकर्षण छ।

विभिन्न सांस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ। दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घघिसी नाच भनिन्छ

प्रकाशित: ३ भदौ २०८१ १९:४२ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast