अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोज्दैछन् : प्रधानमन्त्री ओली

हिमाल प्रेस २ भदौ २०८१ १६:४५ | Sunday, August 18, 2024
अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोज्दैछन् : प्रधानमन्त्री ओली केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोजेको बताएका छन्। सोमबार च्यासलमा आयोजित नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे।

‘हामी राष्ट्रिय एकताको पक्षमा छौँ। अनेक प्रकारका शक्तिहरूले विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न खोज्छन्,’ उनले भने, ‘जनता–जनताकाबीचमा सङ्कीर्ण साम्प्रदायिक कुराहरू गर्न सक्छन्। र, धर्म, जात, भाषा, संस्कृतिका नाममा कहाँकहाँ भिन्नता भेटिन्छ, त्यसलाई दुरुपयोग गरेर पारस्परिक घृणाको विषय बनाउन सक्छन्।’

उनले भिन्नतालाई कुरूप हुन दिन नहुने बताए। विविधतालाई दुरुपयोग हुन दिन नहुने ओलीको भनाइ छ। ‘यसलाई दुरुपयोग हुन दिनुहुँदैन। राष्ट्र , जनताको मन विखण्डित दिनुहुँदैन,’ उनले भने। उनले खेलाडीमा जातको प्रतिनिधित्व भन्दा पनि खेलको प्रतिनिधित्व हुनुपर्ने पनि बताए।

प्रकाशित: २ भदौ २०८१ १६:४५ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast