भारतीय विदेश सचिव र गृहमन्त्री लेखकबीच भेटवार्ता

हिमाल प्रेस २८ साउन २०८१ १३:०३ | Monday, August 12, 2024
भारतीय विदेश सचिव र गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो।

विदेश सचिव मिश्री आइतबार नेपाल आएका थिए। उनले सोमबार नै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलसँग भेटवार्ता गरेका थिए।

विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्। विदेश सचिव मिश्री आजै स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: २८ साउन २०८१ १३:०३ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast