कांग्रेस बैठक : भ्रष्टाचार नियन्त्रण गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ

हिमाल प्रेस २५ साउन २०८१ १८:११
28
SHARES
कांग्रेस बैठक : भ्रष्टाचार नियन्त्रण गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन्। साथै उनीहरूले महासमिति बैठकमा उठेका महत्त्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए।

बैठकमा विभिन्न ११ वटा एजेण्डाहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उक्त एजेन्डाहरूलाई छलफल गरी पारित गर्ने तयारी रहेको उनले बताए।

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्थालगायतका एजेण्डामाथि छलफल भइरहेको छ।

बैठक साउन २८ गते सम्पन्न गर्ने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए।

प्रकाशित: २५ साउन २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast