कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि, ११ एजेन्डामा छलफल हुने

हिमाल प्रेस २४ साउन २०८१ ६:५५
10
SHARES
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि, ११ एजेन्डामा छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल हुने भएको छ। हिजो सुरु बैठकले छलफलका लागि संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका विभिन्न एजेन्डा तय गरेको हो।

समितिको पहिलो बैठकले महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, सय दिने सांगठनिक अभियान, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धीका एजेन्डाहरू अघि सारेको छ।

यिनै एजेन्डामा आजदेखि छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। यसैगरी भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका-८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेन्डा बनाइएको छ।

बैठकले बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका सम्बन्धमा बैठकले पार्टीको धारणा सार्वजनिक गर्ने महतले बताए।

प्रकाशित: २४ साउन २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =