ओलीले भने : कोही नेता कार्यकर्ता गुटमा नलाग्नू

हिमाल प्रेस २० साउन २०८१ १७:०६
126
SHARES
ओलीले भने : कोही नेता कार्यकर्ता गुटमा नलाग्नू केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

गुटबन्दी गरेर, पक्षविपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका कार्यकर्ताहरूले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो। प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताए।

उनले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताए।

प्रकाशित: २० साउन २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =