अहिलको सत्ता गठबन्धन पूर्ण अवधि टिक्छ : निधि

हिमाल प्रेस २० साउन २०८१ ९:११
28
SHARES
अहिलको सत्ता गठबन्धन पूर्ण अवधि टिक्छ : निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अहिलेको सत्ता गठबन्धन नटिक्नेमा शंका नगर्न आग्रह गरेका छन्। जनकपुरधामस्थित श्री राम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निधिले कांग्रेस–एमाले गठबन्धन पूर्णकाल टिक्ने बताए।

निधिले कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारी स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेकाले पनि यो गठबन्धन पूर्ण अवधिसम्म रहने दाबी गरे।
‘दलहरूबीच भएका समझदारीहरू अहिलेसम्म संसदमा प्रस्तुत भएको छैन, इतिहासमा पहिलोपटक यसपालिको समझदारी संसदमा पेश भएको छ,’ उनले भने,‘ओलीजी आफैँले दुई वर्षपछि शेरबहादुरजी प्रधानमन्त्री हुने भन्नु भएको छ। संसद्‌मै रेकर्ड भएकाले यो गठबन्धन पूर्ण अवधि चल्छ ढुक्क हुनुस्।’

दुई ठूला दलबीचको गठबन्धनको सरकार भएकाले मुलुकको हितमा ठोस कामहरू हुनसक्ने उनको भनाइ थियो।

उनले जनकपुरधाम र मुलुकमा भएका सबै धार्मिकस्थलहरूलाई जोड्न आग्रह गरे। घरेलु पर्यटनलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए। जनकपुरधामको विकासका लागि तीनै तहका सरकार र नागरिक समाज अग्रसर हुनुपर्ने उल्लेख गरे।

निधिले जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने खबरले आफूलाई खुशी लागेको बताउँदै चाँडै हवाईसेवा पनि सुरू हुने विश्वास गरे। जनकपुरधामलाई सातवटै प्रदेशका धार्मिक सम्पदाहरूलाई जोड्न सकिए पर्यटकीय विकास आफैं हुने उनले बताए।

प्रकाशित: २० साउन २०८१ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =