त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ साउन २०८१ १८:१०
8
SHARES
त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ-  त्रिभुवन विमानस्थलसँगै रहेको नेपाल आयल निगमको इन्धन भण्डार स्थानान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। आज शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित तीनजना राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथलगत्तै ओलीले यस्तो निर्देशन दिएका हुन्।

राज्यमन्त्री तामाङले सशपथ लिइसकेपछि सिंहदरबारमा उपस्थित ऊर्जामन्त्री दीपक खड्कासमेतलाई ओलीले विमानस्थलसँगकै इन्धन भण्डार सार्ने तयारी थाल्न भनेका हुन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारले खतरा हुने भएकोले अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ’, ओलीको सचिवालयले भनेको छ।

गत ९ साउनमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज पेप्सीकोलातिरको क्षेत्रमा खसेर दुर्घटना भएको थियो। यसअघि २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भएको थिएन। तर उक्त जहाज विमानस्थलनजिकैको इन्धन भण्डार क्षेत्रमा दुर्घटनामा परेको थियो।

लगातार जहाज दुर्घटना हुन थालेपछि विमानस्थलनजिक र सिनामंगलस्थित ठूलो बस्ती नजिकैको इन्धन भण्डार खतरा बन्दै गएको भन्दै सार्न सरकारलाई दबाब परिरहेको छ।

प्रधानमन्त्रीले निर्देशन दिँदै भने : परिणाम आउने काम चाहियो

प्रकाशित: १८ साउन २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =