काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।
प्रकाशित: १७ साउन २०८१ ६:४६
प्रतिक्रिया