संघीयता खारेज गर्नुपर्छ : कमल थापा

हिमाल प्रेस १५ साउन २०८१ १६:३७ | Tuesday, July 30, 2024
संघीयता खारेज गर्नुपर्छ : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्। दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे।

पार्टीको काठमाडौँ-६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको बताए। नयाँ वैचारिक दर्शनको आवश्यक भएकाले संवर्द्धनवादलाई अबको मार्गचित्र बनाउनुपर्नेमा थापाको जोड थियो।

कांग्रेस, एमाले, माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै थापाले जनताको बीचमा जान ढिलाइ गर्न नहुने र सशक्त राप्रपा नेपाल आवश्यक भएको समेत बताए।

विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकाले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे। प्रशिक्षणमा डा. विष्णु भण्डारी, राजाराम बर्तौला ‘चुनेली’, राजकुमार खड्का, उज्वल पोखरेललगायतले बोलेका थिए।

प्रकाशित: १५ साउन २०८१ १६:३७ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast