समकक्षताको प्रमाणपत्र लिँदा लाग्ने दस्तुरमाथि छानबिन गर्न शिक्षा मन्त्रालयले बनायाे समिति

हिमाल प्रेस ८ साउन २०८१ १६:३८ | Tuesday, July 23, 2024
समकक्षताको प्रमाणपत्र लिँदा लाग्ने दस्तुरमाथि छानबिन गर्न शिक्षा मन्त्रालयले बनायाे समिति फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुरलगायतका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको कामका सम्बन्धमा उठाइएको विषयमा छानबिन गर्न मन्त्रालयले छानबिनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवप्रसाद दहालले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमाथि छानबिन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई अनुरोध गरिएकाे बताए।

विज्ञप्तिमा भनिएको छ,‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।’

सोमबार मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएकाे विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ साउन २०८१ १६:३८ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast