काठमाडौँ- नेपालीले एक वर्ष ५८ करोडको चुइँगम खाएका छन्। भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एक वर्षमा ५८ करोड २७ लाख ४० हजार रुपैँयाको चुइँगम आयात भएको उल्लेख छ। विभागका अनुसार १६ लाख ९ हजार किलो चुइगम नेपाल आयत भएको उल्लेख छ।
नेपालमा भारत, भियतनाम, अमेरिका, बेलायत, टर्की, थाइल्यान्ड, कोरिया, अस्ट्रेलिया, बेल्जिमय, हङकङ, चीन, आयरल्यान्ड, स्पेनबाट चुइँगम आयत हुँदै आएको छ।
प्रकाशित: ७ साउन २०८१ १९:२१ | Monday, July 22, 2024
प्रतिक्रिया




