हामी काम भइरहेको छ, होइन सकियो भन्न आतुर छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ६ साउन २०८१ १४:२० | Sunday, July 21, 2024
हामी काम भइरहेको छ, होइन सकियो भन्न आतुर छौँ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलोपटक चरम निराशामा रहेको बताएका छन्। प्रतिनिधिसभामा आइतबार विश्वासको मत माग्दै उनले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए। कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए।

बैंकमा पैसा थुप्रेको उनले बताए। लगानी गर्ने व्यक्तिहरू तयार नभएको प्रधानमन्त्रीको भनाइ छ। सरकार थालेको काम सकियो भनेर सुनाउन चाहेको उनले बताए।

ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए।

अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ। तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ। यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ।’

बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए। ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ओलीले भने।

विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति। तिनको मनोबल नराम्ररी गिरेको अवस्था।’

प्रकाशित: ६ साउन २०८१ १४:२० | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast