विश्वासको मतको निर्णय लिन कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ६ साउन २०८१ ७:२९ | Sunday, July 21, 2024
विश्वासको मतको निर्णय लिन कांग्रेसको संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसद्मा उपस्थितका  अनुरोध गरिने कांग्रेस स्रोतले जनाएको छ।

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ। आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

प्रकाशित: ६ साउन २०८१ ७:२९ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast