गगन भन्छन् : कांग्रेस–एमालेको ७ बुँदे सहमति संसद्‌बाट सार्वजनिक गर्नुपर्छ

हिमाल प्रेस ५ साउन २०८१ १६:०४ | Saturday, July 20, 2024
गगन भन्छन् : कांग्रेस–एमालेको ७ बुँदे सहमति संसद्‌बाट सार्वजनिक गर्नुपर्छ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यरातमा भएको ७ बुँदे सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌बाट सार्वजनिक गर्नुपर्ने बताएका छन्।

४२ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफैँ हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु जिम्मेवारी भएको बताए।

‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसद्‌मा आफ्नो विचारहरू राख्दै गर्दाखेरि नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा समझदारी भयो भनिएको छ। ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’, महामन्त्री थापाले भने।

उक्त सहमति आफूहरूले पढेको र कांग्रेसले त्यसैअनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको पनि उनले बताए।

संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्री ओलीले भाेलि आइतबार विश्वासको मत लिन लागेका छन्।

प्रकाशित: ५ साउन २०८१ १६:०४ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast