चितवनमा पहिरोले बगाएका यात्रुहरूको खोजी एवं उद्धारका लागि सरकारका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २८ असार २०८१ ७:२० | Friday, July 12, 2024
चितवनमा पहिरोले बगाएका यात्रुहरूको खोजी एवं उद्धारका लागि सरकारका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन फाइल तस्बिर

काठमाडौँ- आज बिहान चितवनको सिमतालमा पहिरोले दुईवटा बस बगाउँदा झन्डै पाँच दर्जन यात्रु बेपत्ता भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन्।

आज बिहान प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्,‘नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झन्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु।’

प्रधानमन्त्री दाहालले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिल पनि गरेका छन्।

चितवनमा पहिरोले दुईवटा यात्रुबस बगायो,खोजी गर्दै प्रहरी

प्रकाशित: २८ असार २०८१ ७:२० | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast