काठमाडौँ- सरकार फेरिने भएसँगै साना दलले पनि आन्तरिक छलफल बढाएका छन्। अहिले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बसिरहेको छ।
सरकारमै रहेका यी दलहरू समीकरण र सरकार परिवर्तन हुने निश्चित भएसँगै कसरी अघि बढ्ने छलफलमा जुटेका छन्। यता प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ।
परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार बैठक आज मंगलबार दिउॅसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।
प्रकाशित: १८ असार २०८१ १०:१४
प्रतिक्रिया