दाहाल, ओली र नेपालबीच सिंहदरबारमा के भयो कुराकानी?

हिमाल प्रेस १८ जेठ २०८१ १६:५६
122
SHARES
दाहाल, ओली र नेपालबीच सिंहदरबारमा के भयो कुराकानी?

काठमाडौँ– पछिल्लो समय नेपाली कांग्रेससहितको विपक्षी दलका नेतासँग छलफलमा बसेकै कारण विवादमा तानिएका सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीले छलफल गरेका छन्।

दाहाल र ओलीले नेपाललाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बोलाएर छलफल गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको बैठकपछि अध्यक्ष ओलीले जानकारी दिए।

भेटमा आइतबारबाट संसद्‌मा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको उनको भनाइ छ। ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो’ ओलीले भने।

अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरूको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ।

सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको यसअघि नै बताइसकेको छ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका थिए। आज शुक्रबार मात्रै पनि दाहालले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई आफूले पनि भेटेको र माधव नेपालले भेट्दैमा केही नहुने बताएका थिए।

प्रकाशित: १८ जेठ २०८१ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =