काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन्। मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा देउवाले बैठक बोलाएका हुन्।
मंगलबार सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ। त्यसअघि देउवाले विपक्षी दलकाे बैठक बाेलाएका हुन्।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकाे आराेप लगाउँदै संसदीय छानबिन समिति गठनकाे माग राख्दै आएकाे छ। याे मागमा विपक्षी अन्य दलहरूले पनि समर्थन जनाएका छन्।
प्रकाशित: १४ जेठ २०८१ १९:०५ | Monday, May 27, 2024
प्रतिक्रिया



