शिक्षक सरुवामा नयाँ मापदण्ड : धेरै वर्ष सेवा गरेकालाई प्राथमिकता [निर्देशिकासहित]

हिमाल प्रेस १४ जेठ २०८१ १५:३१ | Monday, May 27, 2024
शिक्षक सरुवामा नयाँ मापदण्ड : धेरै वर्ष सेवा गरेकालाई प्राथमिकता [निर्देशिकासहित]

काठमाडौँ– शिक्षा मन्त्रालयले धेरै वर्ष सेवा गरेका शिक्षकलाई जिल्लान्तर सरुवाको प्राथमिकतामा राखेको छ। मन्त्रालयले आज ‘शिक्षक सरुवा निर्देशिका–२०८१’ जारी गर्दै शिक्षक सरुवामा नयाँ मापदण्ड ल्याएको हो।

मन्त्रालयद्वारा जारी निर्देशिकामा भनिएको छ,‘हाल कार्यरत रहेको विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिका आधारमा।’

त्यसैगरी उक्त निर्देशिकामा प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्तांकको प्रतिशत वा ग्रेडको आधारमा पनि सरुवाको प्राथमिकतामा रहने उल्लेख छ।

प्राथमिकताक्रम निर्धारण हुन नसकेमा गोलाप्रथाबाट छनोट गरिने र सेवा अवधिको गणना गर्दा सम्बन्धित विद्यालयमा हाजिर भएको मितिदेखिको अवधिलाई गणना गरेर शिक्षक सरुवा गर्न सकिने मन्त्रालयद्वारा जारी निर्देशिकामा भनिएको छ।

हेर्नुहाेस् निर्देशिका

 

प्रकाशित: १४ जेठ २०८१ १५:३१ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast