शिक्षक जिल्लान्तर सरुवा फुकुवा, स्थानीय तह, एकाइ र विद्यालयलाई पत्राचार

हिमाल प्रेस १४ जेठ २०८१ १५:०० | Monday, May 27, 2024
शिक्षक जिल्लान्तर सरुवा फुकुवा, स्थानीय तह, एकाइ र विद्यालयलाई पत्राचार फाइल तस्बिर

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक जिल्लान्तर सरुवा फुकुवा भएको जनाएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले ७५३ वटै स्थानीय तह, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र सामुदायिक विद्यालयलाई पत्र पठाउँदै जिल्लान्तर सरुवा फुकुवा भएको बताएकी हुन्।

यही जेठ १३ को मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ स्वीकृत भई मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

शिक्षक सरुवा सम्बन्धमा उल्लिखित निर्देशिका बमोजिम गर्ने गराउने गरी गत चैत्र ५ गतेको मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्लान्तर सरुवा फुकुवा भएको मन्त्रालयको पत्रमा उल्लेख छ।

प्रकाशित: १४ जेठ २०८१ १५:०० | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast