प्रमुख प्रतिपक्षीसँग छलफलमा जुटे प्रधानमन्त्री

हिमाल प्रेस ५ जेठ २०८१ ९:०३ | Saturday, May 18, 2024
प्रमुख प्रतिपक्षीसँग छलफलमा जुटे प्रधानमन्त्री

काठमाडौँ- संसद्‍को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग आज छलफल गर्दै छन्।

हिजो गर्ने भनिएको छलफल प्रधानमन्त्रीको व्यस्ताताका कारण आज बिहानलाई सारिएको हो। बैठक अहिले केहीबेरमा शुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।

समस्या समाधानका लागि मध्यमार्गी उपायको खोजीका लागि प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्न लागेका हुन्। शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक कांग्रेसकै आग्रहमा आइतबारका लागि सार्न सत्तापक्ष तयार भएको थियो । राष्ट्रिय सभा बैठकमा कांग्रेसले अवरोध गरेको थियो।

प्रकाशित: ५ जेठ २०८१ ९:०३ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast