काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिलेका योजना असफल भएकाले आउँदो १६ औँ योजना पनि असफल हुने सम्भावना बढेको बताएका छन्।
उनले नयाँ पन्चवर्षीय योजनाको आधार वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित रहेको बताएका छन्।
आज सामाजिक सन्जालमा लेख्दै कोइरालाले आउँदो योजना पनि खेर जाने सम्भावना बढेकोमा शंका गरेका छन्। उनले भनेका छन्, ‘योजना असफल हुने सम्भावना छ। समय छ। सुधारौँ।’
उनले योजनालाई नयाँपन दिन समेत सुझाव दिएका छन्। सरकारले १६ औँ योजना ल्याउने तयारी गरेको छ।
प्रकाशित: २ जेठ २०८१ ८:१५ | Wednesday, May 15, 2024
प्रतिक्रिया



