नीति तथा कार्यक्रम : सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिने

हिमाल प्रेस १ जेठ २०८१ १६:०४
10
SHARES
नीति तथा कार्यक्रम : सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका छन्। आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए।

यस्तै, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यक र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उनले जनाए। कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुँदा प्राप्त गर्ने अवसर र प्रभावको विश्लेषण गरी सो अनुरूप रणनीति तथा कार्यक्रम बनाइने राष्ट्रपति पौडेलले बताए।

प्रकाशित: १ जेठ २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast