सरकारको नीति तथा कार्यक्रम : कृषिमा लगानी दशक घोषणा

हिमाल प्रेस १ जेठ २०८१ १५:५९ | Tuesday, May 14, 2024
सरकारको नीति तथा कार्यक्रम : कृषिमा लगानी दशक घोषणा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्षक २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१-८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताएका हुन्।

उनले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना गरिनेसमेत बताए। राष्ट्रपति पौडेलले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको बताए।

राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताए।

प्रकाशित: १ जेठ २०८१ १५:५९ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast