आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर।
काठमाडौँ- सरकारले दुई वर्षभत्रि पशुपक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा पूर्ण आत्मनिर्भर हुने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उत्पादनका लागि आवश्यक बिउदेखि दानासम्म स्वदेशमा उत्पादन तथा भण्डारण गर्ने सरकारको योजना छ।
प्रत्येक प्रदेशमा एक हजार पशुपालन क्षमताको पूर्वाधारसहितको स्रोत केन्द्र बनाइने पनि राष्ट्रपति पौडेलले जानकारी दिए। यसैगरी, दुई वर्षभित्र खोरेत रोग निर्मूल गरिने उनले बताए।
प्रकाशित: १ जेठ २०८१ १५:५३ | Tuesday, May 14, 2024
प्रतिक्रिया





