‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

हिमाल प्रेस १ जेठ २०८१ १५:४२
16
SHARES
‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन्।

‘सरकारले लिएका भ्रष्टाचार नियन्त्रण र सुशासन एवम् सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी नीतिका कार्यान्वयनबाट सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको छ। सबै किसिमका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याइएको छ ,’ उनले भने।

उच्चपद प्राप्त गर्दैमा कानुनी जबाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको उनको भनाइ छ। ‘नागरिकमा आशा र भरोसा बढेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च राख्दै दिगो विकास र जलवायु परिवर्तन अतिकम विकसित राष्ट्रको हक अधिकार लगायतका विषयमा नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ ,’ पौडेलले भने।

प्रकाशित: १ जेठ २०८१ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast