
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जजना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन्। सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि राष्ट्रपतिले जनाएका छन्। त्यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको राष्ट्रपतिले जनाएका छन्।