‘अर्थतन्त्रमा सकारात्मक सुधार आएको छ’

हिमाल प्रेस १ जेठ २०८१ १५:२७
14
SHARES
‘अर्थतन्त्रमा सकारात्मक सुधार आएको छ’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन्। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताएका हुन्।

यस्तै मुद्रास्फितीदर घटेको राष्ट्रपति पौडेलले बताए। लगानीको वातावरण सुधार गर्नका लागि कानुनको संशोधन गरेका र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताएका छन्। वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी रहेको र लामो समयदेखि घाटामा रहेको चालू खाता नाफामा आएको उनले बताए। यस्तै सोधानान्तर स्थिति सुधार आएको र पर्यटनको आवागमन बढ्दा अर्थतन्त्र चलायमान बनेको उनले बताए।

यसबाहेक समयमा नै बिउ र मल उपलब्धता हुँदा धान र खेतीबालीको उत्पादन बढेको राष्ट्रपतिले बताए। थप ३ हजार भूमिमा सिञ्चाई सुविधा विस्तार हुँदा सुनकोसी मरिन डाइभर्सनको सुरुङ समयअगावै छिचोलिएको उनले बताए। जलविद्युत उत्पादनको जडित क्षमता २९ सय मेगावाटभन्दा माथि पुग्दा ९६ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए।

प्रकाशित: १ जेठ २०८१ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast