सर्वोच्च अदालतमा अनलाइनबाटै निवेदन दर्ता गर्न सकिने

हिमाल प्रेस १ जेठ २०८१ १५:०६ | Tuesday, May 14, 2024
सर्वोच्च अदालतमा अनलाइनबाटै निवेदन दर्ता गर्न सकिने सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरे। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने प्रधानन्यायाधीश श्रेष्ठले बताए।

‘सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ। सुलभ रूपमा न्यायमा पहुँचमा पुर्‍याउन यो कार्यक्रम गरिएको हो’, उनले भने, ‘अनलाइनमा अब सबै रिटहरू दर्ता हुने छ। यसलाई सफल पार्नुपर्छ।’ उनले जहाँसुकैबाट रिट दर्ता गर्न सकिने भन्दै उनले यसले न्यायालय, मुद्दाको पक्ष र कानुन व्यवसायीलाई पनि सहज बनाएको धारणा राखे।

प्रकाशित: १ जेठ २०८१ १५:०६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast