पूर्वसांसद रेग्मीको निधन

हिमाल प्रेस १ जेठ २०८१ १४:१३ | Tuesday, May 14, 2024
पूर्वसांसद रेग्मीको निधन

वालिङ (स्याङ्जा)- पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो। उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय थिए। रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। काठमाडौँमा क्यान्सरको उपचार गराइरहनुभएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो।

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ।

प्रकाशित: १ जेठ २०८१ १४:१३ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast