युवा पलायन रोक्न देशमै उद्यमशीलताको वातावरण बनाऔँ : झलनाथ खनाल

हिमाल प्रेस १ जेठ २०८१ ९:३९ | Tuesday, May 14, 2024
युवा पलायन रोक्न देशमै उद्यमशीलताको वातावरण बनाऔँ : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।

अनेरास्ववियूको ६०औँ एवं युवासंघ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताए।

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ।समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ।’

पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गरेका छन्। ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न उनले आह्वान गरेका छन्।

प्रकाशित: १ जेठ २०८१ ९:३९ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast