एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

हिमाल प्रेस १ जेठ २०८१ ८:२२ | Tuesday, May 14, 2024
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने भएको छ।

बैठक बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी समेत बैठकले तोक्नेछ।

प्रकाशित: १ जेठ २०८१ ८:२२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast