
काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट दुई मन्त्री थपिएका छन्। प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त भएका छन्। प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन्। आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो।
उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए। हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षमा खुलिसकेका छन्। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण पनि भइसकेको छ।
यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन्।
प्रकाशित: ३१ वैशाख २०८१ १९:०३
प्रतिक्रिया