विद्यालय कर्मचारीले सरकारविरुद्ध आन्दोलन गर्ने, समिति गठन

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:४१ | Monday, May 13, 2024
विद्यालय कर्मचारीले सरकारविरुद्ध आन्दोलन गर्ने, समिति गठन

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बबन कुमार मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलनमा परिचालन समिति गठन गरेको छ। काठमाडौँमा आइतबार सम्पन्न विद्यालय कर्मचारीको चौथो परिषद् भेलाले आन्दोलन परिचालन समिति गठन गरेको हो।

विद्यालय कर्मचारीको तलबमान, पेसागत स्थायित्व, सुरक्षालगायत मागमा प्रधानमन्त्री, सांसद तथा नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको विश्लेषण गर्दै आन्दोलन परिचालन समिति गठन गरिएको राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिए।

उनले भने,‘हालसम्मको भेट‌घाट तथा छलफललाई विश्लेषण गर्दा तत्कालै राज्यविरुद्ध आन्दोलन गर्नुपर्ने भएकाले बबन कुमार मिश्राको संयोजकत्वमा एक आन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय गरियो।’

भेलाले संस्था सञ्चालन तथा बाधाअड्काउ फुकाउका लागि आगामी मंसिर २९ र ३० गते चितवनकाे सौराहमा संस्थाका वरिष्ठ उ‌पाध्यक्ष प्रदीप श्रेष्ठको संयोजकत्वमा विधान अधिवेशन गर्न समिति गठन गर्ने निर्णय गरिएकाे पनि महासचिव याेगीले जानकारी दिए।

त्यसैगरी भेलाले नेपाल शिक्षक महासंघकाे सदस्यमा गंगाप्रसाद नेपाल, राज कमार घिमिरे  र चन्द्र प्रसाईलाई पठाउने निर्णय गरेकाे छ।

प्रकाशित: ३१ वैशाख २०८१ १६:४१ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast