एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

हिमाल प्रेस ५ वैशाख २०८१ १२:३६ | Wednesday, April 17, 2024
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ दावा लामा

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ। लामालाई बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए। लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो।

प्रकाशित: ५ वैशाख २०८१ १२:३६ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast