एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

हिमाल प्रेस ३ वैशाख २०८१ ८:४३ | Monday, April 15, 2024
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

हुम्ला- नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित हुन्।

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो। गए राति नै मतगणना गरिएको थियो। अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए। उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ।

प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भए। अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए।

प्रकाशित: ३ वैशाख २०८१ ८:४३ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast