बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरौँ : प्रधानमन्त्री

हिमाल प्रेस २ वैशाख २०८१ ९:३३ | Sunday, April 14, 2024
बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन्।

विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका आजबाट शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सुरु भएको छ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई कार्यान्वयन गर्नै सबैको दायित्व भएको जनाएका छन्।

गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर पुस्तक नपाएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै उनले शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको बताएका दाबी गर्दै यसको प्रबन्ध मिलाउने सबैमा धन्यवाद दिएका छन्।

प्रकाशित: २ वैशाख २०८१ ९:३३ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast