एमाले बागलुङको अध्यक्षमा केसी

हिमाल प्रेस २ वैशाख २०८१ ८:३४ | Sunday, April 14, 2024
एमाले बागलुङको अध्यक्षमा केसी

बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन्।

शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १० औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन्।

निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्।

साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन्। यसअघि सचिव रहेका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत भएका थिए।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ। एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ।

सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ। उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन्।

प्रकाशित: २ वैशाख २०८१ ८:३४ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast