प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

हिमाल प्रेस २ वैशाख २०८१ ६:४० | Sunday, April 14, 2024
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौँ। संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ।

आजको संसद बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। ​

प्रकाशित: २ वैशाख २०८१ ६:४० | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast