राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली
                                            काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौंका धारामा पानी नभई गन्हाउने कालो ढल आउने गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वच्छ खानेपानी मौलिक हकमा भए पनि पाउन नसकेको बताएका हुन्। ‘काठमाडौंका धारामा पानी होइन, गन्हाउने कालो ढल आउँछ। असन, इन्द्रचोकको कुरा गर्दै छु। मलमुत्र धारामा पठाइदिएबापत केयुकेएललाई शतप्रतिशत शुल्क तिर्नुपरेको छ,’ उनले भने।
अर्बौं खर्च भएको मेलम्ची खानेपानी परियोजना प्रभावकारी कार्यान्वयनमा नआएको उनले बताए।
                            प्रकाशित: १९ चैत  २०८० १३:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


