एसईईमा गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी

हिमाल प्रेस १५ चैत २०८० १४:२७ | Thursday, March 28, 2024
एसईईमा गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी फाइल तस्बिर

पोखरा- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन्। प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसईई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

यसैगरी गोरखाका तीन हजार छ सय ६२, लमजुङका दुई हजार छ सय ७९, तनहुँका पाँच हजार चार सय ६२ र नवलपुरका छ हजार एक सय ६५ परीक्षार्थी सहभागी रहेका निर्देशनालयका अधिकृत खेमराज पौडेलले जानकारी दिए। उनका अनुसार परीक्षा सञ्चालनका लागि दुई सय १४ परीक्षा केन्द्र कायम गरिएको छ।

प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी कुल एक हजार तीन सय ३२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका पौडेलले जानकारी दिए। उनका अनुसार कुल परीक्षार्थीमध्ये नियमिततर्फका ३९ हजार ४२, प्राविधिक धारका एक हजार तीन सय ९० र ग्रेडवृद्धितर्फका चार सय ८६ रहेका छन्।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन दुई सय १४ केन्द्राध्यक्ष, तीन सय ७२ सहायक केन्द्राध्यक्ष, दुई हजार एक सय ४४ निरीक्षक, पाँच सय १८ परीक्षा सहायकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १५ चैत २०८० १४:२७ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast