काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।
प्रकाशित: ५ चैत २०८० ११:४६ | Monday, March 18, 2024
प्रतिक्रिया



