भोजपुरकाे मालबाँसेमा आगलागीबाट ६ घर नष्ट

हिमाल प्रेस ३ चैत २०८० १९:५४ | Saturday, March 16, 2024
भोजपुरकाे मालबाँसेमा आगलागीबाट ६ घर नष्ट प्रतिनिधिमूलक तस्बिर

भोजपुर- भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आज आगलागीबाट ६ वटा घर नष्ट भएको छ। वनमा लागेको डढेलो घरसम्म पुगेको हो।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जंगलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए।

हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका छन्।

प्रकाशित: ३ चैत २०८० १९:५४ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast